गोरखापत्र अनलाइन
काठमाडौं, साउन १७ गते । म्यानमारका सैन्य शासकले अगष्ट २०२३ भित्र बहुदलीय स्पर्धामा आधारित चुनाब गरिने प्रतिबद्धता जनाउनुभएको छ । गत् फेब्रुअरी एक मा जननिर्वाचित सरकारलाई सत्ताच्युत गरेपछि पहिलो पटकसैन्य शासक मिन आङ्ग लैङ्गले चुनाबको मितिको बारेमा घोषणा गर्नुभएको हो । चुनाबबाट नेतृ आङ्ग सान सु कीको दल सत्तामा पुगेपछि सेना चुनाबमा धाञ्धली भएको भन्दै निर्वाचित सरकारलाई सत्ताच्युत गरेको थियो ।
अलजजिराका अनुसार यसअघि सैन्य शासकले एक वर्षभित्र चुनाब गराउने प्रतिबद्धता जनाएको थियो । सैन्य शासनको बिरोध गरिरहेका सर्वसधारणमाथि बल प्रयोग हुँदा हालसम्म कम्तिमा नौ सय बर्मेलीको मृत्यु भइसकेको छ ।
सम्बोधनको क्रममा मिन आङ्ग लैङ्गले हामीले तयारी पनि गर्नुपरेकोले बहुदलीय चुनाब असफल नहुने गरी अगष्ट २०२३ भित्र गरी संकटकाल अन्त्य गर्ने बताउनुभयो । सरकारी सञ्चारमाध्यमहरुले मिनले प्रधानमन्त्रीको जिम्मेवारी लिँदै कामचलाउ सरकार गठन गर्नुभएको जनाएको छ ।