‘जर्मनीले अफगानिस्तानका लागि विकास सहायता रोक्ने’
रासस / एएफपी
भाद्र १, २०७८ मंगलवार
अफगानिस्तानको ठूला दातामध्ये एक जर्मनीले एक वर्षमा ४३० मिलियन यूरो (५०६ मिलियन अमेरिकी डलर) अफगानिस्तान पठाउने सहमति गरेको थियो । उक्त रकम स्थानीय प्रहरी बलको तालिम, न्याय प्रणाली तथा महिलाको हक अधिकारलाई सूनिश्चित गर्न र भ्रष्टाचार विरुद्धको अभियानमा खर्चिने सहमति गरेको थियो ।
गत हप्ता बोल्दै जर्मन विदेश मन्त्री हेइको मासले अन्तर्राष्ट्रिय सहयोग बिना उक्त एशियाली मुलुक ‘सक्षम’ नहुने बताउनुभएको थियो ।