अफगानिस्तानमा पूर्ब राष्ट्रपतिसहितको समन्वय परिषद् गठन
गोरखापत्र अनलाइन
श्रावण ३२, २०७८ सोमबार
अफगानिस्तानको अन्यौलपूर्ण अवस्थाको निकासका लागि पूर्ब राष्ट्रपतिसहितको समन्वय परिषद् गठन गरिएको छ । परिषद्मा पूर्ब राष्ट्रपति हामीद कारजाई, अब्दुल्लाह अब्दुल्लाह र मुजाहिद्दीनका नेता गुलबुद्दीन हेकमत्यार हुनुहुन्छ ।
नेता अब्दुल्लाहले राष्ट्रपति अशरफ घानीले छोडेर भागेको र तालिबानले नियन्त्रणमा लिएको अवस्थामा उत्पन्न अन्यौलता र अराजकता अन्त्य गर्न परिषद्ले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ...