तालिबानद्वारा राष्ट्रपति निवास कब्जा , युद्ध अन्त्य भएको दाबी
गोरखापत्र अनलाइन
श्रावण ३२, २०७८ सोमबार
राजधानी काबुलमाथि नियन्त्रणसँगै तालिबानले अफगानिस्तान जितेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त एवम् २० वर्षसम्म अमेरिका नेतृत्वको सैन्य गठबन्धनको सहयोगमा टिकेको सरकार झुकेपछि तालिबानले काबुल समेत नियन्त्रणमा लिएको हो ।
तालिबानका एक जना प्रवक्ताले अलजजिरासँगको कुराकानीमा युद्ध अन्त्य भएको बताएको छ । काबुलमा सूर्योदय भएसँगै चारैतिर तालिबानको सेतो झण्डा फहराएको देखिएको छ । ‘काबुल अराजकतामा...