जापानमा भारी वर्षा, दश लाख ब्यक्तिलाई घर खाली गर्न आग्रह
गोरखापत्र अनलाइन
श्रावण ३०, २०७८ शनिबार
जापानमा भारी वर्षापछि दश लाख ब्यक्तिलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । फुकुओका र हिरोशिमामा भारी वर्षाको अनुमान गरिएको छ । अधिकारीहरुले भारी वर्षा भइरहेको क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ लाग्न आग्रह गरेका छन् ।
नागासाकीमा भू स्खलनमा दुइ घर ध्वस्त हुँदा एकजना महिलाको मृत्यु भएको छ । उहाँकी श्रीमान र छोरी हराइरहेका छन् । उक्त क्षेत्रमा १५० जना सेना, प्रहरी र अग्नि नियन्त्रकलाई उद्धार र सहयोगका...