नेताको आवासमाथि ग्रेनेड आक्रमण, चार वर्षीय बालकको मृत्यु
गोरखापत्र अनलाइन
श्रावण २९, २०७८ शुक्रबार
भारत प्रशासित काश्मिरको रजौरीमा आतङ्कवादी आक्रमणमा एक चार वर्षीय बालकको मृत्यु भएको छ । उक्त आक्रमणमा अन्य सात जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु काश्मिरको रजौरी जिल्लाको खण्डाली चौकस्थित भारतीय जनता पार्टीका जसबिर सिंहको घरमाथि गए राति ग्रेनेडले आक्रमण गरिएको थियो ।