वुहानमा पूरै जनसङ्ख्याको कोरोना परीक्षण गरिँदै
गोरखापत्र अनलाइन
श्रावण १९, २०७८ मंगलवार
चीनको वुहान शहरका प्रत्येक नागरिकको कोरोना परीक्षण गरिने भएको छ । कोरोनाभाइरसका केही सङ्क्रमित थपिएपछि अधिकारीहरुले वुहान शहरभरि परीक्षण गर्न लागेका हुन ।
वुहान शहरमा मङ्गलबार ९० जना नयाँ सङ्क्रमित पुष्टि भएको हो । राष्ट्रिय स्वास्थ्य आयोगले ९० जनामध्ये ६१ जना समुदाय स्तरमै सङ्क्रमित भएका हुन । अघिल्लो दिन ५५ जना सङ्क्रमित भएका थिए ।
चीनको नाञ्जिङस्थित ब्यस्त विमानस्थलमा पछिल्लो समय पहिलो सङ्क्रमितको पुष्टि...