अमेरिका सेनाको ’अचानक’ फिर्तापछि सुरक्षा बिग्रेको अफगान राष्ट्रपतिको भनाइ
रासस / एएनआई
श्रावण १८, २०७८ सोमबार
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको सोमबार बताउनुभएको छ ।
“हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सैनिक सङ्गठन (नेटो)सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय हो,” उहाँले अफगान संसदमा भन्नुभयो । उहाँले वासिङ्टनलाई यो निकासले गलत ‘परिणाम’ ल्याउने चेतावनी दिनुभएको टोलो न्युजले लेखेको...