भारत र चीन सीमा क्षेत्रको गतिरोध छिट्टै अन्त्य गर्न सहमत
गोरखापत्र अनलाइन
भाद्र २६, २०७७ शुक्रबार
भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकर र उहाँको चिनियाँ समकक्षी वाङ यीले जारी गर्नुभएको संयुक्त वक्तब्यमा भनिएको छ, “सीमा क्षेत्रका दुबैतर्फका सैन्य बलले छलफल गरेर निश्चित दूरी कायम गर्ने दिशामा अबिलम्ब पहल गरेर तनाब कम गर्ने सहमती भएको छ ।” भारतीय र चिनियाँ विदेश मन्त्री हाल रुसको मस्कोमा हुनुहुन्छ ।