भारतमा चौबीस घण्टामा एक हजार १२९ जना कोरोना सङ्क्रमितको मृत्यु
गोरखापत्र अनलाइन ,
श्रावण ८, २०७७ बिहीबार
लकडाउन खुला गरे यता दैनिक रुपमा सङ्क्रमितको संख्या उच्च वृद्धि हुँदै आएको भारतमा पछिल्लो चौबीस घण्टामा दत्र्ता गरिएको मृतकको संख्या अहिलेसम्मकै उच्च हो ।पछिल्लो चौबीस घण्टामा भारतमा ४५ हजार ७२० जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उक्त संख्यासँगै भारतमा कोभिड–१९ सङ्क्रमित हुने १२ लाख ३८ हजार ६३५ पुगेको छ ।