आर्थिक सङ्कट र महामारीबीच युद्धग्रस्त सिरिया निर्वाचनमा
रासस
श्रावण ३, २०७७ शनिबार
राष्ट्रपति बसर अल असदले सिरियाली नेतृत्वमा आएको पनि दुई दशक पुगेको छ । युद्धले ग्रसित अर्थतन्त्र कमजोर हुँदै जाँदा करिब दुई हजार १०० उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्दा गर्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारमध्ये पश्चिमी मुलुकहरू अमेरिका र यूरोपेली संघका सदस्य कतिपय मुलुकहरूले प्रतिबन्ध लगाएका केही ठूला व्यवसायीहरू पनि रहेका छन् । उनीहरूले २५० सीट भएको सिरियाली संसदमा राष्ट्रपतीय असदको प्रभुत्व...