logo
२०८० चैत्र १५ बिहीवार



राप्रपा अध्यक्षको मनोनयन दर्ता शुल्क एक लाख, उपाध्यक्षको ७५ हजार

राष्ट्रिय |


राप्रपा अध्यक्षको मनोनयन दर्ता शुल्क एक लाख, उपाध्यक्षको ७५ हजार


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क एक लाख रुपियाँ तोकिएको छ । राप्रपा विधान मस्यौदा तथा निर्वाचन समितिका सदस्य राजु बस्नेतकाअनुसार उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपियाँ मनोनयन दर्ता शुल्क निर्धारण गरिएको छ ।

यसैगरी, राप्रपा महाधिवेशनको अध्यक्ष पदका उम्मेदवारको मतदान प्रक्रिया मतपत्रमार्फत हुने भएपनि पदाधिकारी र सदस्यहरुको भने विधुतीय मेसिनबाट हुने बस्नेतले बताउनुभयो ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि जारी राप्रपा महाधिवेशनमा अहिले मतदाता नामावली छनोट एवम् अध्यावधिक गर्ने काम भइरहेको समितिले जनाएको छ । ‘पार्टी सचिवालयले अन्तिम मतदाता नामावली समितिलाई दिएपछि हामी प्रकाशन गर्छौ’, बस्नेतले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?