काठमाडौं, कात्तिक १५ गते । सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गर्नुभएको छ ।
आठ दिनदेखि न्यायालय सुधारको माग गर्दै बेन्च बहिष्कार गर्दै आउनुभएका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गर्नुभएको हो ।
सोमबार बिहान बसेको न्यायाधीशहरुको बैठकले सो निर्णय गर्नुभएको हो ।
बैठकको निर्णयसँगै इजलास शुरु भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज छ वटा इजलास तोक्नुभएको थियो । सोमबारका लागि प्रधानन्यायाधीश जबराले चार वटा संयुक्त र दुई वटा एकल इजलास तोक्नुभएको हो ।