काठमाडौं, कात्तिक ३० गते । सर्वोच्च अदातलमा आज मङ्गलबारका लागि दश इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो ।
सर्वोच्चका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोक्नुभएको छैन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।