काठमाडौं, मंसिर १ गते । सर्वोच्च अदातल परिसरमा आज पनि कानुन व्यवसायीले प्रदर्शन गर्नुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिनुभएको हो ।
नेपाल बार एशोसिएसनको अगुवाइमा वकिलहरुले प्रधानन्यायाधीश जबराले राजीनामा माग्दै कात्तिक पहिलो सातादेखि प्रदर्शन गर्दै आउनुभएको छ ।
यता, प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै प्रदर्शनरत पक्षलाई सम्वादमा आउन आह्वान गर्नुभएको थियो । तर, बारले उहाँसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।