logo
२०८० चैत्र १६ शुक्रवार



बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु छ घाइते

खुला |


बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु छ घाइते


अमृतप्रसाद पौडेल
बेनी, मंसिर १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा ग १ ज ७२५१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सदरमुकाम बेनीदेखि बेगखोला जाँदै गरेको जीपमा चालक सहित आठ जना सवार सवार रहेको प्रहरीले जनाएको छ ।
जिपमा सवार दुई जनाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो–जीप दुर्घटना भएर दुई जनाको मृत्यु भएको र छ जना घाइते भएका छन् ।
चालक दुतबहादुर गर्बुजा सहित छ जना घाइते र दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भए पनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज केसीले बताउनुभयो । प्रहरी निरीक्षक के.सीले भन्नुभयो – प्रहरी तथा स्थानियले घाइतेको उद्धारगरी उपचारका लागि जिल्ला सदरमुकाम बेनीतर्फ पठाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?