logo
२०८० चैत्र १५ बिहीवार



नक्कली परीक्षार्थी नै भारतीय ! तीन जना पक्राउ

खुला |


नक्कली परीक्षार्थी नै भारतीय ! तीन जना पक्राउ


काठमाडौं, माघ ९ गते । प्रहरीले परीक्षामा अमर्यादिल कार्य गर्ने तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार शनिबार भएको एमडी–एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने र अमर्यादित क्रियाकलाप गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका हुन्।

प्रहरीले नक्कली परीक्षार्थी बनेका भारत उत्तर प्रदेश घर भएका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, नक्कली परीक्षार्थीलाई सहयोग गर्ने बिहार भएका ३४ वर्षीय शशिभूषण सिंह र अमर्यादित कार्य गर्ने बिहारकै ३२ वर्षीय कृष्ण मुरारी पक्राउ परेका हुन् ।

अनुसन्धान ब्यूरोका प्रवक्ता श्याम कुमार महतोका अनुसार उनीहरुलाई शिक्षा ऐन, २०२८ बमोजिम अनुसन्धान भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?