logo
२०८० चैत्र १६ शुक्रवार

  पुरुष भन्दा महिलाको संख्या ६ लाख बढी  



जन्मदर कम हुँदा २० वर्षमा जनसङ्ख्या वृद्धिदर १.३२ प्रतशितले घट्यो

खुला |
समाज |


जन्मदर कम हुँदा २० वर्षमा जनसङ्ख्या वृद्धिदर १.३२ प्रतशितले घट्यो


काठमाडौं, माघ १२ गते। केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको संक्षिप्त तथ्याङ्क सार्वजनिक गरेको छ। विभागले जनसङ्ख्या वृद्धिको अनुमानभन्दा करिब १२ लाख बढीले जनसङ्ख्यामा कमी आएको तथ्याङ्क छ। विभागले २०६८ पछि ३८ लाख ८३ हजार ५५३ ले वृद्धि भएर तीन करोड तीन लाख ७८ हजार ५५ जनसङ्ख्या पुग्ने अनुमान गरेको थियो। तर सार्वजनिक गरिएको तथ्याङ्कमा २६ लाख ९७ हजार ९७६ ले मात्र जनसङ्ख्या वृद्धि भएर हाल नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। सबैभन्दा धेरै जनसङ्ख्या मधेस प्रदेशमा २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.८१ छ।

बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरेर केन्द्रीय तथ्याङ्क विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो। २० वर्षको अनुपात अर्थात् २०५८ सालदेखि हालसम्मको तथ्याङकलाई हेर्दा १.३२ प्रतिशतले जनसङ्ख्या वृद्धिदरमा कमी आएको छ।

२०५८ सालमा २.२५ र २०६८ सालमा १.३५ प्रतिशत जनसङ्ख्या वृद्धिदर रहेको थियो। तर, २०७८ मा भने ०.९३ प्रतिशतमा सीमित भएको छ। २०५८ मा नेपालको जनसङ्ख्या दुई करोड ३१ लाख ५१ हजार ४२३ थियो भने २०६८ सालमा दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो।

तथ्याङ्कलाई विश्लेषण गर्दा जन्मदरमा आएको कमीका कारण जनसङ्ख्या वृद्धिमा कमी आएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक तथा तथ्याङक शाखा प्रमुख ढुण्डीराज लामिछानेले बताउनुभयो। उहाँका अनुसार मृत्युदर सरदरमै छ तर पछिल्लो १० वर्षमा स्वास्थ्य र जीवनयापनमा आएको सुधारका कारण औसत आयु बढेको र जन्मदरमा कमी आएकाले जनसङ्ख्या वृद्धिदर कम भएको बताउनुभयो।

विभागका अनुसार यसअघि एक महिलाले सरदरमा तीनदेखि चार सन्तानलाई जन्म दिने गरेकोमा २०७८ सम्म आइपुग्दा भने एक महिलाले दुई सन्तानको मात्र जन्म दिने गरेको पाइएको छ। तथ्याङ्क हेर्दा महिलाको तुलनामा पुरुषको जनसङ्ख्या वृद्धि भएको छ। विभागका अनुसार १४ लाख पुरुष थपिएका छन् भने महिलाको जनसङ्ख्या १२ लाखमात्र थपिएको छ। अधिकांश दम्पतीले एक छोरा र एक छोरीलाई जन्म दिने अथवा छोरा जन्मिए थप सन्तान नजन्माउने गर्नाले पनि पुरुषको संख्या वृद्धि भएको पाइएको छ। हाल लैङ्गिक अनुपात ९५.९१ छ। महिलाको संख्या अघिल्लो अनुपातमा घट्दै आएकाले पनि जन्मदरमा कमी ल्याएको विभागको भनाइ छ।

पुरुषभन्दा महिलाको संख्या ६ लाख बढी
जनगणनाको तथ्याङ्क अनुसार अझै पनि पुरुषको भन्दा महिलाको जनसङ्ख्या छ लाख नौ हजार ८५८ ले बढी छ। एक करोड ४९ लाख १ हजार १६९ महिला र एक करोड ४२ लाख ९१ हजार ३११ पुरुष  छन् विभागले विदेशमा रहेका नेपालीको तथ्याङ्कसमेत सार्वजनिक गरेको छ। जसमा २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा बसोवास गर्दै आएका छन्। विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?