ललित निवास प्रकरणमा सर्वोच्चले अख्तियारसँग माग्यो लिखित जवाफ
गोरखापत्र अनलाइन ,
फाल्गुन २, २०७६ शुक्रबार
सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।
प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।