अछामको मियाँपुरमा छैन छाउगोठ
शान्ति लामा
माघ २६, २०७६ आईतवार
सबैभन्दा बढी छाउगोठ भएको जिल्ला भनिएको अछाममै एउटा यस्तो गाउँ छ, जहाँ न छाउगोठ छ, न त महिनावारीका बेला महिलालाई घरबाहिर नै राखिन्छ । साँफेबगर नगरपालिका–८ स्थित चुडेली गाउँको मियाँपुर अर्थात् मियाँटोलमा जहाँ एउटा पनि छाउगोठ छैन ।