शान्ति प्रक्रिया छिटो टुङ्ग्याऔँ :उपराष्ट्रपति
गोरखापत्र अनलाइन
मंसिर २३, २०७८ बिहीबार
उपराष्ट्रपति नन्दबहादुर पुनले शान्ति प्रक्रियाका काम छिटो टुङ्ग्याउन सरकार तथा राजनीतिक दललाई आग्रह गर्नुभएको छ । शान्ति प्रक्रिया सुरु भएको डेढ दशक भइसक्दा पनि यसलाई तार्किक निष्कर्षमा पु-याउन नसकिएकोमा पुनले चिन्ता व्यक्त गर्नुभयो । १३औँ राष्ट्रिय मानवअधिकार महाभेलाको बुधबार राजधानीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “यो नेपाल र नेपाली जनताको प्रतिष्ठासँग जोडिएको विषय हो । सबैले यसतर्फ हेरिरहेका छन् ।