राष्ट्रपतिको आग्रहः बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँ
रासस
मंसिर १६, २०७८ बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको आज समुद्घाटन समारोहमा उहाँले सो आग्रह गर्नुभयो ।