शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ : प्रधानमन्त्री देउवा
रासस
मंसिर १५, २०७८ बुधबार
प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन जोड दिनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उहाँले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।