पुनर्निर्माण अन्तिम चरणमा
भउचप्रसाद यादव
मंसिर १२, २०७८ आइतवार
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ती क्षेत्रका सम्पदाको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भइसकेको छ । काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामध्ये ललितपुरको पाटन क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त भएका सम्पदाको पुनर्निर्माण सबैभन्दा अगाडि रहेको छ ।