वायु प्रदूूषणले स्वास्थ्यमा चुनौती
सरोज ढुङ्गेल
मंसिर १२, २०७८ आइतवार
केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूूषण बिगँ्रदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ ।
शनिबार देशका विभिन्न स्थानको वायुको गुणस्तर निकै बिग्रेको देखिएको छ । वातावरण विभागको वायु गुणस्तर मापनअनुसार सबैभन्दा बढी वायु प्रदूषणको स्तर सिमरामा बिग्रिएको छ । सिमरामा १९५...