logo
२०८१ बैशाख ४ मंगलवार

  दृश्य समाचार  



'ओमिक्रोन विगतको भन्दा छिटो फैलिन सक्ने संभावना छ'

स्वास्थ्य |
पढ्नै पर्ने |
खुला |


'ओमिक्रोन विगतको भन्दा छिटो फैलिन सक्ने  संभावना छ'


महिमा देवकाेटा, दृष्यमा मनाेजरत्न शाही/केशव गुरूङ्ग
काठमाडौं, मङ्सिर २० गते । कोरोनाको उत्परिवर्तित नयाँ भेरियन्टले फेरि एक पटक विश्वलाई आफूतर्फ केन्द्रित गरेको छ । पहिलो पटक कोरोनाको उत्परिवर्तित भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकामा नोभम्बर २४ मा देखिएको थियो ।


कोरोनाको उत्परिवर्तित भेरियन्ट ओमिक्रोन देखिएसँगै फेरि विश्वको चासोको त्यसतर्फ मोडिएको छ । ओमिक्रोन हालसम्म नेपालसहित ४० देशमा फैलिसकेको छ ।
ओमिक्रोन नेपालमा फैलिन नदिन उच्च सतर्कता अपनाउँदा पनि सोमबार दुई जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
यता स्वास्थ्य विज्ञले ओमिक्रोन भेरियन्टको उत्परिवर्तित सङ्ख्या धेरै र पुनः सङ्क्रमण हुने जोखिम बढ्ने जनाउनुभएको छ । ओमिक्रोन भेरियन्टको म्युटेसन डेल्टा, अल्फा, बिटा डेल्टा गामाको म्युटेसन यसमा भएकाे र त्यसकाे गुणहरू पनि भएकाले छिटाे फैलन सक्ने अनुमान गरिएकाे आनन्द वन अस्पतालमा अनुसन्धान वैज्ञानिक तथा कोभिड–१९ प्रयोगशाला प्रमुख डा. सन्तोष दुलाल बताउनुहुन्छ ।
‘सार्स कोरोना भाइसर सुष्म विषाणु हो । जुन एक कोषियभन्दा पनि सानो विषाणु हो । कसैले यसलाई जीवितको रुपमा पनि हेर्छन् भने कसैले यसलाई मृत रुपमा पनि हेर्ने गर्दछन्,’ प्रमुख डा. दुलाल भन्नुहुन्छ, ‘यसलाई बाच्नको लागि कुनै पनि कोषिकाको आवश्यकता पर्छ । यो आफै बाच्न सक्दैन । यो कोषिकामा निर्भर पर्छ । भाइरसले कोषिकामा बाधिएर खानेकुरा लिने र अरु भाइरसलाई जन्माउने गर्दछ ।’
उहाँ भन्नुहुन्छ, यो भाइरस कोषिकाहरुमा बाधिएर बस्दा अत्यान्त परिवर्तनशील हुन्छ । यसले आफूलाई म्युटेशन गराइराख्छ ।
सार्स कोरोनाभाइरस २०१९ को डिसेम्बरमा चिनको वुहान प्रान्तमा पहिलो पटक फेला परेको थियो । सुरुमा देखा पर्दा एल टाइप भनेर देखिएको थियो । विस्तारै एस,जि र अरु भेरियन्ट अफ कन्सनहरु र उत्परिवर्तितहरु डेल्टा, अल्फा, बिटा, डेल्टा, गाम त्यसकै म्युटेनको स्वरुप अहिले ओमिक्रोन भेरिएन्ट आएको डा. दुलाल भन्नुहुन्छ ।
दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी १.१.५२९ नाम दिएको यो भेरियन्टलाई नोभेम्बर २४ मा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरेको थियो ।
डब्ल्यूएचओले २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरेको हो । यसलाई ‘भेरियन्ट अफ कन्सर्न’अन्तर्गत राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?