logo
२०८० चैत्र १६ शुक्रवार

सीताको मटकोर गंगासागरमा (फोटो फिचर)

फोटो फिचर |
प्रदेश |
समाज |


2021-12-07-52350


लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २१ गते । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको आज पाँचौ दिन अर्थात् मटकोर विवाहको अघिल्लो दिन गरिने विधि हर्षोउल्लासका साथ सम्मन्न भएको छ । भोलि बुधबार सीता र रामको विवाह हुनेछ ।  प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित गंगाासागर सरोवरमा मंगलबार सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत मटकोर विधि सम्पन्न भएको छ ।
जनक पुत्री सीतालाई जानकी मन्दिरबाट झाँकीसहित बाजागाजाका साथ गंगासागरसम्म लगिएको थियो । साधु सन्त र श्रद्धालु महिलाहरुले कलश शिरमा राखेर गंगासागरको किनारमा गएर वैधिक परम्परा अनुसार सीताको पिताको भूमिका निर्वाह गरिरहेका सहायक महन्थ रामरोशन दास वैष्णवले विधिपूर्वक सीताको मटकोर गर्नुभएको छ ।
मटकोर विधि सकिएपछि प्रसादको रुपमा रहेको भिजाएको चना, चामल जानकी मन्दिरमा गई भक्तजनहरुलाई वितरण गरिएको थियो ।
सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको मटकोर कार्यक्रममा प्रदेश २ को उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, संघीय सांसद जुली महासेठ, उपसभामुख उपमा देव, प्रदेश सांसद रामअशिष यादव लगायत नेपाल तथा भारतबाट आएका हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको थियो ।  सोमबार तिलकोत्सव तथा सम्धी मिलन कार्यक्रम सम्पन्न भएको थियो ।