logo
२०८१ बैशाख ७ शुक्रवार



फ्रान्स, जर्मनी र इटलीले लिबियामाथि प्रतिबन्ध लगाउने चेतावनी

अन्तर्राष्ट्रिय |


फ्रान्स, जर्मनी र इटलीले लिबियामाथि प्रतिबन्ध लगाउने चेतावनी
तस्विर–फाइल


पेरिस, साउन ४ गते। सबै द्वन्द्वरत लिबियाली पक्षलाई युद्धविराम गर्न तथा लिबियामा सक्रिय विदेशी शक्तिलाई हस्तक्षेप रोक्न फ्रान्स, जर्मनी र इटलीले आग्रह गरेका छन् ।
यूरोपेली शक्ति राष्ट्रहरूले यदि लिबियामा संयुक्त राष्ट्रसंघद्वारा लगाइएको हतियार प्रतिबन्धलाई उल्लङ्घन गरेमा आफूहरूले लिबियामाथि प्रतिबन्ध लगाउन तयार रहेको शनिबार बताएका हुन् ।
फ्रान्सको राष्ट्रपतिको कार्यालयको वेबसाइटमार्फत् सार्वजनिक संयुक्त विज्ञप्तिमा फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ, जर्मन चान्सलर एङ्जेला मर्केल, र इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले लिबियामा जारी युद्धले राष्ट्रसंघको निर्देशनलाई उल्लङ्घन गरेकोले सबै लिबियाली पक्ष तथा उनीहरूका विदेशी सहयोगीलाई तुरून्तै लिबियामा जारी युद्ध रोक्न र सैनिक परिचालनलाई रोक्न आग्रह गर्नुभएको हो ।
विज्ञप्तिमा भनिएको छ, “लिबियाली आकाश, समूद्र र भूमिमा संयुक्त राष्ट्रसंघद्वारा लगाइएको हतियार प्रतिबन्धलाई उल्लङ्घन गरेमा आफूहरूले लिबियामाथि प्रतिबन्धको सम्भावित उपयोगको विचार गर्न हामी तयार छौँ र यूरोपेली विदेश तथा सुरक्षा नीतिका लागि यूरोपेली संघका उच्च प्रतिनिधिले अघि सार्ने गर्ने प्रस्तावहरूको प्रतिक्षा गरिरहेका छौँ ।”
“यस कठिन घडीमा हामीले संयुक्त राष्ट्रसंघलाई सैनिक निशेधित क्षेत्रको घोषणा तथा युद्धविरामलगायत सबै विकल्पहरूको खोजी गर्न प्रोत्साहन गर्दछौँ । साथै, हामी यो दोहोराउन चाहन्छौँ कि लिबियाली शान्तिका लागि संयुक्त राष्ट्रसंघका महासचिबका विशेष दूतलाई पठाई लिबियाली गतिविधिको अनुगमन गर्न जरूरी रहेको छ ।”
संयुक्त राष्टम«संघ सुरक्षा परिषद्ले जुन ६ मा लिबियामा हतियार प्रतिबन्ध गर्नका लागि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई समूद्रमा पानीजहाजहरूको निरीक्षण गर्नका लागि थप १२ महिना समयसीमा विस्तार गर्ने प्रस्ताव पारित गरेको थियो ।
सुरक्षा परिषद्ले लिबियामा सन् २०११ देखि हतियार किनबेचमा प्रतिबन्धलगायतका प्रतिबन्धलगाएको थियो । लिबियास्थित संयुक्त राष्ट्रसंघीय नियोगले देशमा सशस्त्र द्वन्द्व जारी भएदेखि नै यसको आलोचना गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?