logo
२०८१ फाल्गुन १५ बिहीवार



सरकार राससलाई सुदृढ, प्रभावशाली एवं सूचना बैंकका रुपमा स्थापित गर्न चाहन्छः सञ्चारमन्त्री

राष्ट्रिय |


सरकार राससलाई सुदृढ, प्रभावशाली एवं सूचना बैंकका रुपमा स्थापित गर्न चाहन्छः सञ्चारमन्त्री
t


काठमाडौँ, फागुन ७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले राष्ट्रिय समाचार समिति ९रासस०लाई सुदृढ, प्रभावशाली एवं सूचना स्रोत वा बैंकका रुपमा स्थापित गर्न चाहेको बताउनुभएको छ । राज्यको एक मात्र आधिकारिक समाचार संस्था राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्ष समारोहको यहाँ आज उद्घाटन गर्दै मन्त्री गुरुङले व्यवस्थापनलाई सृदृढ गर्दै सही, गुणस्तरीय, वस्तुपरक, तथ्यपरक तथा रुपान्तकारी समाचार सम्प्रेषण गर्न राससलाई आग्रह गर्नुभयो ।
संस्था रुपान्तरण गर्नका निम्ति साठीवर्षे समीक्षासहितको योजना र रणनीतिक कार्ययोजना तयार गर्न आग्रह गर्नुभयो । राससमा पछिल्लो समय अस्थायी कर्मचारी, रासस विनियमावली र कर्मचारी वृत्ति विकासमा देखिएको समस्या छलफल एवं वार्ता गरी जतिसक्दो चाँडो समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै यस्तो विषम परिस्थितिमा अस्थायी कर्मचारी एवं पत्रकारलाई अवकाश नदिइने बरु सुरक्षा दिइने स्पष्ट गर्नुभयो ।
उहाँले कर्मचारी एवं पत्रकारको क्षमता विकास र वृत्तिविकासका लागि मन्त्रालयले सहयोग गर्ने आश्वासन दिँदै उहाँहरुलाई पनि आफू रुपान्तरित हुन र संस्थाको गौरव र पहिचान कायम गर्न सुझाव दिनुभयो ।
अर्को प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले ‘विकासका लागि सञ्चार’ भन्ने नारालाई परिवर्तन गरी अब ‘समृद्धिका लागि सञ्चार’ बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालनमा देखिएका विकृतिलाई हटाउँदै थप व्यवस्थित गर्नका लागि सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका–२०७७’ ल्याउने तयारी गरिएको जानकारी पनि दिनुभयो । मन्त्री गुरुङले श्रमजीवी पत्रकारका समस्या समाधान गर्दै पत्रकार प्रेस पास प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्थाको अन्त्य गरी पाँच–पाँच वर्षमा नवीकरण गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको बताउनुभयो ।
उहाँले सरकार सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताउँदै सञ्चारमाध्यममा कार्यरत पत्रकारको पेशागत सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अधिकारको निम्ति पत्रकारिता क्षेत्रबाट कसैले पनि आन्दोलन गर्न नपरोस्, त्यसका निम्ति सरकार पत्रकारका निम्ति प्याकेजमा काम गर्न चाहन्छ, ।”
सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले राससको सेवालाई देशभर पु¥याउनका लागि देशभरका ७५३ वटै स्थानीय तहमा समचारदाता राख्न सुझाव दिनुभयो । राससले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नका लागि तालीमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । विधि र प्रतिस्पर्धाबाट अगाडि बढे मात्र राससको हित हुने जनाउँदै उहाँले आन्दोलन र तालाबन्दीले रासस सञ्चालन हुन नसक्ने स्पष्ट गर्नुभयो ।
राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको विकासका लागि कर्मचारी सङ्घ–सङ्गठनले राखेका जायज माग पूरा गर्न रासस प्रशासन कटिबद्ध रहेको बताउनुभयो । महाप्रबन्धक शर्माले रासस कार्ययोजनाका साथ अघि बढ्ने बताउँदै यसका सेवा सबै मिडियासमक्ष पु¥याई राससलाई स्थापित तथा पहिचान वृद्धि गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश कार्यालयमा कर्मचारी दरबन्दी कम हुँदा तथा वाग्मती र कर्णाली प्रदेशमा कार्यालय नहुँदा काम गर्न समस्या परेको अवगत गराउँदै महाप्रबन्धक शर्माले सबै स्थानीय तहमा समाचारदाता राख्न सकेमा राससले छलाङ मार्ने बताउनुभयो ।

राससका कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले राससले चाँडै श्रव्यदृश्य सेवा दिन लागेको जानकारी दिनुभयो । राससका समाचार धेरै सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गर्दै आएको र यसलाई थप गुणस्तरीय बनाउनका लागि संस्था लागेको उहाँको भनाइ थियो । कार्यकारी व्यवस्थापक सिल्वालले अरु भाषामा समेत राससले समाचार सम्प्रेषण गर्न खोजेको जनाउँदै त्यसका लागि सरकारको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ९रासस० का अध्यक्ष प्रेमप्रसाद उपाध्यायले राससको विनियमलाई संशोधन गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछानेले कर्मचारीलाई हित हुने खालको विनियमावली नआउँदा समस्या परेको बताउनुभयो । “कर्मचारीका पक्षमा विनियमावली नआउँदा धेरै कर्मचारीको वृत्तिविकास रोकिँदै गएको छ, यसका बारेमा सम्बन्धित निकायले पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो । नेपाल पत्रकार महासङ्घ रासस शाखाका सभापति नारायणप्रसाद घिमिरेले राससले समाचारको सङ्ख्यासँगै गुणस्तर बढाउन जोड दिनुपर्ने बताउनुभयो । “सरकारले मुलुक सङ्घीयतामा गएसँगै राससलाई पनि सङ्घीयतामा लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर २०१८ फागुन ७ गते रासस स्थापना भएको हो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरणको काम गर्दै आएको छ । विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘रासस ऐन २०१९’ जारी भएपछि राष्ट्रिय समाचार समिति एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा क्रियाशील छ ।

राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ । उहाँका अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्थ्यो । राससले हाल मुलुकको सङ्घीय संरचनानुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । वाग्मती र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा राससका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय भवन छन् ।
१२ राससकर्मीलाई ‘दीर्घ सेवा पदक’

राससमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ कर्मचारीलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरिएको छ । रासस हीरक वर्षका अवसरमा यहाँ आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले सो पदक प्रदान गर्नुभयो ।
कार्यकारी व्यवस्थापक उत्तम सिल्वाल तथा कार्यकारी सम्पादक कृष्ण अधिकारी, एकराज पाठक, सूर्यचन्द्र बस्नेत, दिलीप अधिकारी र शीतलप्रसाद महतो, वाग्मती प्रदेश प्रमुख सुरेशकुमार झा, उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारी, वरिष्ठ समाचारदाता हिमांशुकुमार चौधरी, प्रभाषचन्द्र झा, राजाराम कार्की र विष्णुप्रसाद नेपालले ती पदक प्राप्त गर्नुभयो ।


वार्षिकोत्सवमा राससकर्मी पुरस्कृत

रासस ६० औँ वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ र सञ्चार मन्त्रालयका सचिव बस्यालले ती पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक श्रीमती मोहिनी मिश्र रिसाल ९केन्द्रीय कार्यालय० र उपसमाचारदाता वीरेन्द्रनारायण कर्ण ९रासस वीरगञ्ज कार्यालय प्रमुख०ले प्राप्त गर्नुभयो । पुरस्कारको राशि जनही रु १० हजार छ । त्यसैगरी महासङ्घले मनीन्द्रलाल श्रेष्ठ ९राससका पूर्व कर्मचारी० र शरच्चन्द्र भण्डारी ९उपप्रमुख समाचारदाता, रासस केन्द्रीय कार्यालय० लाई विशेष सम्मान गरेको छ ।

यस वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ स्थानीय समाचारदाता ९स्ट्रिङ्गर० रवीन्द्र काफ्ले ९पाँचथर० लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु सात हजार ५०० छ । सो पुरस्कार रासस कार्यालय तुल्सीपुर, दाङका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाइका स्मृतिमा स्थापना गर्नुभएको हो । रासस कर्मचारी सङ्घले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा ९रासस प्रदेश नं २ कार्यालय, जनकपुर० र कार्यालय सहयोगी खिलप्रसाद दाहाल ९रासस केन्द्रीय कार्यालय० लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ । त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ दीपराज सन्याल ९अङ्ग्रेजी समाचार प्रमुख० र राजेशकुमार श्रेष्ठ ९उपव्यवस्थापक, लेखा शाखा० लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।
कोभिड–१९ जोखिममा योगदान गर्ने पत्रकार पुरस्कृत

राससले कोभिड–१९ सङ्क्रमणका समयमा जोखिम मोलेर काम गर्ने कर्मचारी एवं पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । रासस हीरक वर्ष प्रवेशका अवसरमा केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ र मन्त्रालयका सचिव बस्यालले राससकर्मी रोशन सापकोटा ९काठमाडौँ० र चन्द्रकला क्षेत्री ९काठमाडाँै० लाई पुरस्कार प्रदान गर्नुभयो ।

सोही पुरस्कार रासस फोटो पत्रकार राधिका कँडेल ९पोखरा०, भद्रपुर कार्यालय प्रमुख चन्द्रकला भण्डारी ९झापा०, हरिकुमार राई ९उदयपुर० र तारानाथ आचार्य ९बलेवा, बागलुङ० पनि प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ । प्रदेश नं १ बाट केदार मगर ९खोटाङ०, प्रदेश नंं २ बाट गोपालप्रसाद बराल ९महोत्तरी० र वाग्मती प्रदेशबाट अच्युत रेग्मी ९केन्द्रीय कार्यालय, काठमाडौँ० लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ ।

त्यसैगरी गण्डकी प्रदेशबाट कृष्ण दवाडी ९कास्की० र खेमराज गौतम
९गलकोट, बागलुङ०, प्रदेश नं ५ बाट भेषराज बस्नेत ९राँझा, बाँके० र दीपक बोहरा
९तुलसीपुर, दाङ ० लाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार छ । कर्णाली प्रदेशबाट दाने बोहरा ९सिमकोट, हुम्ला० र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा ९टीकापुर, कैलाली० लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ । यस वर्षको उत्कृष्ट आलेख समाचारमा विजय रावत ९खलङ्गा, जुम्ला, शीर्षक ः ‘जुम्लामा कालीमार्सी धान रोपाइँको चटारो’० लाई प्रदान गरिएको छ । तस्वीर विधातर्फ फोटो पत्रकार प्रदीपराज वन्त ९काठमाडौँ० लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ । राससको भौतिक सम्पत्तिको संरक्षण तथा विकास एवं विस्तारमा उल्लेखनीय योगदान दिने रासस कार्यालय भीमदत्तनगर, कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहलाई सम्मान प्रदान गरिएको छ ।

उमेर हदका कारण सेवाविवृत्त कर्मचारी जगतकृष्ण श्रेष्ठ ९अधिकृतस्तर तह–७, सहव्यवस्थापक०, रमेशकुमार मिश्र ९अधिकृतस्तर तह–६, उपव्यवस्थापक० र केशव खत्री ९सवारी चालक० लाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?