logo
२०८१ फाल्गुन १५ बिहीवार



नियमित स्वास्थ्य परीक्षण गरी पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

राष्ट्रिय |


नियमित स्वास्थ्य परीक्षण गरी पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता


काठमाडौँ, फागुन ८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्कनुभएको छ ।

भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँ आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली जानुभएको थियो । चिकित्सकका अनुसार खनालको स्वास्थ्य अवस्था सुधार भएको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?