logo
२०८१ मंसिर १४ शुक्रवार

  दृश्य समाचार  



कानुन व्यवसायीको प्रदर्शन आइतबार पनि जारी

राष्ट्रिय |


कानुन व्यवसायीको प्रदर्शन आइतबार पनि जारी
तस्बिर : केशब गुरूङ


काठमाडौं, कात्तिक २७ गते । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार ऐशोसियशनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ । बार लगायत कानुन व्यवसायहरुले सर्वोच्च अदालतको मूल गेट अगाडि निरन्तर धर्ना दिँदै आएका छन् ।

नेपाल बार एशोसियशनको देशैभरको एकाइहरुमा आज विरोध प्रदर्शन भइरहेको जनाइएको छ । सर्वोच्चको मूल गेटमा प्रधानन्यायाधीश जबरालाई प्रवेशमा अवरोध पुर्याइएपछि उहाँले वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गर्नुभएको छ ।

प्रधानन्यायाधीश जबराको विरुद्धमा कानुन व्यवसायीहरुकाे विरोध प्रदर्शन हुँदै आएको छ भने जबराको समर्थनका कानुन व्यवसायीहरुले पनि आज सर्वोच्च परिसरमा प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?