काठमाडौं, मंसिर १ गते । नेपाली कांग्रेस प्रदेश नम्बर १ काे संसदीय दलका नेताले गठबन्धनको पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
बुधबार प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वको सरकारलाई कांग्रेसको समर्थन र सहयोग रहेको बताउनुभएको हो ।
केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धन संविधानको रक्षाका निम्ति बनेको दाबी गर्दै उहाँले मुख्यमन्त्री राईलाई मतदान गर्न सांसदहरुलाई आग्रह गर्नुभएको हो ।
प्रदेश १ को प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गर्नुभएको छ । यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद हिक्मतकुमार कार्कीले मुख्यमन्त्री राईलाई विश्वासको मत नदिने निर्णय गर्नुभएको हो ।