काठमाडौं, मङ्सिर ३ गते । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका सल्लाहकार समितिको बैठक शुरु भएको छ ।
बारको सभाहलमा शुक्रबार दिउँसो १ बजेबाट बैठक शुरु भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार जारी आन्दोलनको आगामी रणनीति तय गर्न बैठक बस्न लागेको हो ।
बारको तेस्रो चरणको जारी आन्दोलनको आज अन्तिम दिन हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज ३ बजेसम्म राजीनामा नदिए चाैथो चरणको आन्दोलनलाई थप सशक्त बनाउने तयारी रहेको उहाँले बताउनुभयो ।