काठमाडौं, मङ्सिर ३ गते । दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
सहायक विदेशमन्त्री लुले आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा शुक्रबार अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको हो ।
नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरुसँग सम्बन्ध स्थपना तथा नवीकरणका निम्ति बुधबार साँझ काठमाडौं आइपुग्नुभएको सहायक विदेशमन्त्री लुले यसअघि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो ।