काठमाडौं, मंसिर ३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि विशेष अतिथि तथा अतिथिहरुलाई निम्तो दिन सुरु गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि एमाले महाधिवेशनको निम्तो दिइएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र दशौं महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक राजन भट्टराईले प्रधानमन्त्री देउवालाई महाधिवेशनको निम्तो दिनुभएको हो ।