काठमाडौं, मङ्सिर ६ गते । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मंगलबार दिउँसो ३ बजे तुल्सीलाल अमात्य प्रतिष्ठानमा बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा महाधिवेशनको तयाारी र पाँच प्रतिशत मनोनितका बारेमा छलफल हुने उहाँले बताउनुभयो । एमालेको विधान अनुसार केन्द्रीय कमिटीले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्नेछ ।