logo
२०८० चैत्र १५ बिहीवार



ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, १२ जना घाइते

खुला |


ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, १२ जना घाइते


कञ्चनपुर, मङ्सिर १७ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै शुक्रबार से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेका छन् । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउदा ट्याक्टर सडक छेउमै पल्टीएको हो । प्रहरीका अनुसार ट्याक्टरमा ३० जना बढी सवार रहेका थिए । घाइतेको झलारीस्थीत नीजि मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?