logo
२०७९ असार २० सोमवार



क्रान्तिकै लागि जन्मियो काँग्रेस

विचार/दृष्टिकोण |


क्रान्तिकै लागि जन्मियो काँग्रेस


पुरुषोत्तम बस्नेत

नेपाली काँग्रेसको चौधौँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । काँग्रेसले आफूलाई समयसापेक्ष कसरी परिष्कृत गर्ने र नयाँ नेतृत्व कस्तो चुन्ने भन्ने बहस पनि सँगसँगै चलिरहेको छ । यस सन्दर्भमा काँग्रेस कुन परिवेशमा जन्मिएको थियो भन्ने पृष्ठभूमिमा
जान आवश्यक छ ।

नेपाली कांँग्रेस स्थापनासँग भारतको स्वतन्त्रता आन्दोलन जोडिएको छ । बीपी कोइरालाको मान्यता थियो– भारत स्वतन्त्र नभएसम्म नेपालमा राणाशासन ढाल्न सकिन्न । भारतलाई बेलायती उपनिवेशबाट मुक्त नगरेसम्म त्यो सम्भावना छैन भन्ने आम प्रजातन्त्रवादीको दृष्टिकोण थियो । त्यसक्रममा बीपी स्वयं भारतीय स्वतन्त्रता आन्दोलनमा होमिनुभयो । आन्दोलनका क्रममा उहाँ पटक पटक गरी पाँच वर्षसम्म भारतीय काराबासमा समेत बस्नुभयो । भारत स्वतन्त्र हुने सङ्केत देखिएपछि बीपीले भारतबाटै सन् १९४४ अक्टोबर २ मा एउटा वक्तव्य जारी गर्नुभयो । वक्तव्यको मूल सन्देश अब नेपालमा प्रजातन्त्र स्थापनाका लागि आन्दोलन गर्नुपर्छ भन्ने थियो । त्यो वक्तव्यले नयाँ बाटो निर्माण भयो । आन्दोलन गर्नुअघि एउटा समिति गठन भयो । समितिमा भारत निर्वासनमा रहेका नेताहरू संलग्न थिए । समितिले सन् १९४७ जनवरी २६ मा सम्मेलन गर्ने निधो ग¥यो । समितिले नयाँ गठन हुने पार्टीको नाम, झन्डा र विधान तय गर्ने निर्णयसमेत गरेको थियो ।

विसं २००३ माघ १२ र १३ गते कलकत्ताको खाल्सा स्कुलमा सम्मेलन भयो । सम्मेलनमा भएको छलफलले पार्टीको नाम जुरायो– नेपाली राष्ट्रिय कांँग्रेस । झन्डा पनि तय भयो । झन्डामा हिमाल, पहाड र तराईलाई समेट्ने गरी माथि सेतो, बीचमा हरियो र तल पहेंँलो रङ्गसहित सूर्य उदाइरहेको तस्बिर पनि राख्ने निधो भयो । सम्मेलनले टङ्कप्रसाद आचार्यलाई अध्यक्षमा चयन ग¥यो भने बीपीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दियो । गणेशमान सिंहले सम्मेलनमा उपस्थित भए पनि समितिमा बस्न अप्ठेरो हुने धारणा राख्नुभयो तर टङ्कप्रसादलाई अध्यक्ष बनाउन गणेशमानकै भूमिका थियो । समितिको महामन्त्रीमा बालचन्द्र शर्मा, प्रचार अध्यक्षमा डिल्लीरमण रेग्मी, सङ्गठन मन्त्रीमा कृष्णप्रसाद भट्टराई र सदस्यमा गोपालप्रसाद भट्टराई, देवव्रत परियार, लाक्पाछिरिङ शेर्पालगायत कार्यसमितिको सदस्य हुनुहुन्थ्यो ।

नवगठित समितिको पहिलो बैठकले नेपालमा प्रजातन्त्र स्थापनाका लागि शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने निर्णय ग¥यो । प्रजातन्त्र स्थापना गर्न कलकत्तामा पार्टी खुलेसँगै नेपालमा रहेका आन्दोलन पक्षधर नेताहरू गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी सहभागी हुनुभयो । उहाँहरू विराटनगर रानीमा जुद्धशमशेर राणाको पालामा विसं १९९८ ÷९९ मा खुलेका कपडा, जुट, केमिकललगायत कारखानामा काम गर्नुहुन्थ्यो । त्यहाँ काम गर्नेहरूलाई सेवा सुविधा भन्ने थिएन । मालिकले शोषण गर्दै आएका थिए ।

वि.सं. २००३ माघ १२ मा नेपाली राष्ट्रिय काँंग्रेस पार्टी खुलेपछि त्यसको डेढ महिना नपुग्दै कारखानामा काम गर्ने मजदुरले आन्दोलन सुरु गरे । आन्दोलन सुरु भएको खबर पाएपछि बीपी, बालचन्द्र, गोपालप्रसाद भट्टराई र गणेशमानहरू विराटनगर आउनुभयो । आन्दोलन चर्कंदै गएपछि उहाँहरूलाई त्यहाँ बस्न निकै अप्ठेरो भयो किनकि राणाहरूले निकै कडाइ गर्न थाले । राणाले आन्दोलन दबाउन काठमाडाँैंबाट २५० सैनिक विराटनगर पठाएका थिए । वि.सं. २००३ चैतको पहिलो साता बीपी, गिरिजाप्रसाद, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारीलगायत पक्राउ पर्नुभयो । उहाँहरूलाई पक्राउ गरेर धनकुटा लगियो ।

आन्दोलनरत मजदुरले नेताहरूको पक्राउको विरोध गरे । पक्राउको विरोधमा बीपीको आमा दिव्या कोइरालाको नेतृत्वमा जुलुस निकालियो । त्यसक्रममा राणाशासकले चलाएको गोलीबाट आन्दोलनकारीमध्येका तुलाराम तामाङ मारिनुभयो । दिव्या, इन्दिरा आचार्य, नलिनी उपाध्याय, कामिनी गिरीलगायत पक्राउ गरी धनकुटा लगियो । उहाँहरूलाई धनकुटा लगेपछि त्यसअघि पक्राउ गरिनुभएका बीपी, बालचन्द्र, गोपालप्रसादलगायत केहीलाई अड्डासार गरियो । उहाँहरूलाई धनकुटाबाट भोजपुर, ओखलढुङ्गा, रामेछाप, धुलिखेल हुँदै पैदल हिँडाएर काठमाडौँ ल्याइयो । यो निकै कष्टदायक र क्रुर कार्य थियो ।

यता नेपाली राष्ट्रिय काँग्रेसले २००४ वैशाख १ गतेदेखि देशव्यापी सत्याग्रह गर्ने निर्णय ग¥यो । विराटनगर, इलाम, धनकुटा, सप्तरी, जनकपुर, नेपालगन्जलगायतका ठाउँमा भएको सत्याग्रह आन्दोलनले राणालाई ठूलो दबाब सिर्जना ग¥यो । त्यसक्रममा धेरै सत्याग्रही काराबास परे । कतिलाई कुटपिट गरियो । काठमाडौँको आन्दोलन भने निर्णायक भयो । काठमाडौँको आन्दोलनले राणालाई अब सुुधारको बाटोमा जानुपर्छ भन्ने दबाब प¥यो । श्री ३ महाराज पद्मशमशेरले आफू संवैधानिक सुधारको बाटोमा जान तयार भएको भन्दै नेताहरूलाई आन्दोलन रोक्न आग्रह गरे । आन्दोलन रोकियो । नयाँ विधान कस्तो बनाउने भन्ने बहस भयो । त्यसक्रममा नेहरूले भारतबाट समेत श्रीप्रसादलगायत तीनजनालाई विधान बनाउन सघाउने भनेर पठाएका थिए ।

यता राणाहरू पनि दुई वर्गमा विभाजित थिए, ‘सफ्ट लाइनर’ र ‘हार्ड लाइनर’ । पद्मशमशेरहरू नरम थिए भने बबर शमशेर र मोहनशमशेर कठोर पक्षमा थिए । कस्तो संविधान दिने ? त भन्नेबारे बहस भयो । त्यतिबेला बीपी काराबासभित्र अस्वस्थ हुनुहुन्थ्यो । काराबासमै रहेका बीपीलाई भारतीय समाजवादीहरूको दबाबमा छाडियो । बीपी काराबासमै रहेका बेला २००४ फागुनमा बनारसमा नेपाली राष्ट्रिय काँग्रेसको दोस्रो अधिवेशन भयो । अधिवेशनले बीपीलाई अध्यक्ष बनायो ।

यता नेपाल प्रजा पञ्चायत नामको पार्टी खुलेको थियो । जसमा गोपालप्रसाद रिमाल, विजय मल्ल, त्रिपुरवरसिंह प्रधान, नूतन थपलिया, गोपालदास श्रेष्ठ हुनुहुन्थ्यो । वि.सं. २००५ मा बीपी, केदारमान व्यथित, कृष्णप्रसाद भट्टराई भूमिगत रूपमै जनकपुरबाट सिन्धुली, काभ्रे हुँदै काठमाडौँ आउनुभयो । काठमाडाँैंमा पनि धेरै समय भूमिगत नै बस्नुभयो । उहाँ काठमाडौँ आएको खबर पाएसँगै राणाहरूले कसरी पक्राउ गर्ने भन्ने योजना बनाइरहेका थिए । बीपीलाई राणा शासकले पक्राउ गरेरै छाडे । त्यसपछि उहाँलाई काराबासमा एक्लै राखियो । काराबासमा सुरक्षामा राखिएको प्रहरीसँग बीपीले हिमचिम बढाउनुभयो ।

एउटा चिठी लेखेर त्यही प्रहरीमार्फत पूर्णबहादुर एमएको हातमा पु¥याउनुभयो । त्यो चिठी बनारसमा रहेका नेतासमक्ष पु¥याउन पूर्णप्रसादलाई खबर गर्नुभयो । पूर्णप्रसादसँग चिठी आदानप्रदान गनर््े च्यानल थियो । चिठी बनारस पुगेको खबरपछि बीपी कोइरालाले काराबासमै अनशन थाल्नुभयो । उहाँको अनशन २९ दिनसम्म चल्यो । आमा दिव्या छोरा भेट्न काठमाडौँ आउनुभयो । नेहरूले पनि चिठी पठाए । समाजवादी आन्दोलनका नेताहरू राममनोहर लोहिया, जयप्रकाश नारायणले पनि बीपी छुटाउन दबाब दिँदै तार पनि पठाए । २००४ साल मङ्सिरमा पक्राउ पर्नुभएका बीपी जेठमा काराबासमुक्त हुनुभयो । केही दिन चिकित्सकको निगरानीमा बसेर बीपी फेरि भारत जानुभयो ।

बीपी काराबासमै रहेका बेला २००४ फागुनमा नेपाली राष्ट्रिय काँग्रेसको दोस्रो अधिवेशन दरभङ्गामा भएको थियो । उक्त अधिवेशनले मातृकप्रसाद कोइराला सभापतिमा चुनिनुभयो । उक्त अधिवेशनले बीपीको रिहाइको माग राखी सत्याग्रह गर्ने निर्णय ग¥यो । सत्याग्रहको निर्णयसँगै बीपी छुट्नुभयो ।

काराबासमुक्त भएसँगै बीपीलाई लाग्यो, अहिंसात्मक आन्दोलनबाट राणा शासन ढाल्न सकिन्न । आन्दोलन हिंसात्मक बनाउनुपर्ने आवाज बुलन्द भयो । २००५ सालमा महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्याय, सुवर्णशमशेर राणा, महावीर शमशेर राणा र सुन्दरराज चालिसेलगायतले एकजुट भएर राणाविरुद्ध सशस्त्र सङ्घर्ष गर्ने निर्णयसहित प्रजातन्त्र काँग्रेस नामको पार्टी गठन गर्नुभयो । त्यो पार्टी गठन गर्दा बीपी पक्राउ पर्नुभएको थिएन । बीपीले पार्टी गठनअघि उहाँहरूसँग राष्ट्रिय काँंग्रेसमै आउन आग्रह गर्नुभएको थियो ।

उहाँहरूले मान्नुभएन । बीपी र उहाँहरूको धारणा भने एउटै थियो– अहिंसात्मक आन्दोलनले होइन, सशस्त्र सङ्घर्ष गरेरै राणा शासन ढाल्नपर्छ । उहाँहरूको मत मिलेपछि २००६ चैत २७ मा कलकत्ताको टाइगर सिनेमा हलमा भएको संयुक्त सम्मेलनले नेपाली राष्ट्रिय काँग्रेस र प्रजातन्त्र काँग्रेसबीच एकता गरी नेपाली काँग्रेस गठन गर्ने निधो ग-यो । सम्मेलनमा सभापति राष्ट्रिय काँग्रेसबाट र महामन्त्री प्रजातन्त्र काँग्रेसबाट राख्ने र दुवै दलबाट ४÷४ सदस्य राख्ने निर्णय भयो । मातृका सभापति चुनिनुभयो भने महामन्त्रीमा महेन्द्रविक्रम । समितिको सदस्यमा बीपी, गणेशमान, कृष्णप्रसाद र कपिलवस्तुका दयाशङ्करलगायत हुनुहुन्थ्यो ।

पार्टीले अब कसरी अघि बढ्ने भन्ने विषयको भित्री जिम्मेवारी बीपीलाई सुम्पिएको थियो भने सुवर्णशमशेरलाई बाहिरी वातावरण मिलाउने जिम्मा थियो । अब सशस्त्र क्रान्ति कसरी गर्ने भन्नेबारेमा बहस भयो । भारतमा बसेका नेपालीले त्यहाँबाटै दबाबस्वरूप र नेपालमा रहेका नेताकार्यकर्ताले क्रान्तिको पक्षमा आवाज बुलन्द पार्ने निर्णय गरियो । यता बीपी र सुवर्णशमशेर जनमुक्ति सेना तयार गर्ने अभियानमा लाग्नुभयो । अब हतियार कसरी जम्मा गर्ने भन्नेबारेमा बहस भयो । हतियार जम्मा गर्ने सिलसिलामा बीपी भारत जानुभयो । महावीर शमशेरको स्वामित्वमा रहेको हिमालय एभिएसन लिएर बीपी भोला चटर्जी, स्थिरबम मल्ल( सुवर्णशमशेरका भान्जा) बर्मा गए । उक्त एयरवेजले बाटो बिराएको भन्ने बहाना बनाएर हतियार लिन बर्मा लगिएको थियो । त्यसरी गोप्य रूपमा जम्मा गरिएको हतियारबाट क्रान्ति सुरु भयो ।

वैरगनियामा भएको सम्मेलनले २००७ कात्तिक २६ गतेबाट देशभर क्रान्ति गर्ने निर्णय ग¥यो । वीरगन्जबाट सुरु भएको क्रान्तिका क्रममा भोजपुर, ओखलढुङ्गा, धनकुटा, इलाम, गोर्खा, पोखरा पूर्व १ र २ नम्बरबाहेक सबै ठाउँमा काँग्रेसको जनसरकार गठन भयो । दिल्लीमा रहेका राजा त्रिभुवन २००७ फागुन ४ गते स्वदेश फकिए । बीपीलगायत नेताहरू पनि फर्कनुभयो । त्रिपक्षीय सम्झौतापछि २००७ फागुन ७ गते मोहनशमशेरको नेतृत्वमा राणा काँग्रेस सरकार गठन भयो । गृहमन्त्री रहेका बीपीले राजीनामा राजीनामा दिनुभयो । २००८ मङ्सिर १ गते मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो । त्रिभुवनले २००७ साल फागुन ७ पछि दिएको संविधानअनुसार राजाका अधिकार कटौटी भए । राजाले प्रयोग गर्दै आएका केही अधिकार सरकारमा सारियो । प्रधान न्यायालय र लोकसेवा आयोग पनि गठन गरियो ।

सात सालको युगिन क्रान्तिदेखिकै पृष्ठभूमि आजको काँग्रेस नेतृत्वले बुझ्नुपर्छ । कति ठूलो सङ्घर्ष र बलिदानीबाट काँग्रेस पार्टी गठन भएको रहेछ भन्ने बुझेर भविष्यमा पनि कांँग्रेसको नाममा राजनीति गर्ने मैदान तय गर्नुपर्छ । नेतृत्वमा को पुग्यो र पुग्ने भन्दा पनि त्यो क्रान्तिका लागि स्थापना भएको काँग्रेसले के सिकाएको थियो भन्नेतिर ध्यान जानुपर्छ । लोकतन्त्र, सामाजिक न्यायका साथै सिङ्गो नेपाल र सबै नेपालीको उन्नतिका लागि नेपाली काँग्रेस स्थापना भएको थियो । त्यो कहिल्यै भुल्न हुन्न ।
(काँग्रेस नेता एवं इतिहासकार बस्नेतसँग पत्रकार विनोद न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?