logo
२०७९ जेष्ठ ११ बुधवार



अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

अन्तर्राष्ट्रिय |


अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु


सिडनी, माघ ४ गते । अष्ट्रेलियामा कोभिड १९ बाट २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घण्टामा ७४ जनाको ज्यान गएको बताइएको छ ।

अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो सङ्ख्या यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो । मंगलबार त्यसअघिको २४ घण्टामा ती नागरिकको ज्यान गएको बताइएको छ । त्यसैगरी यहाँका अधिकारीहरुले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको सङ्ख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन् ।

यहाँका सबैभन्दा धेरै कोरोना सङ्क्रमित नागरिक न्यु साउथ वेल्सका छन् । न्यु साउथ वेल्समा गएको २४ घण्टामा ३६ जनाको ज्यान गएको छ । त्यसैगरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरुमा पछिल्लो २४ घन्टामा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।

अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ सङ्क्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?