logo
२०८१ बैशाख ७ शुक्रवार



स्वच्छ पानीको व्यवस्थापन

विचार/दृष्टिकोण |


स्वच्छ पानीको व्यवस्थापन


विश्वनाथ खरेल
विश्व खानेपानी दिवसको अवसर पारेर खानेपानीको महìवबारे सचेतना जगाउन हरेक वर्ष यो दिवस मनाउँदै आएको छ । यसमा स्वच्छ पानीको महìवका बारेमा सचेतना फैलाउँदै यसको दिगो व्यवस्थापनका लागि वकालत गर्नु र यसको चुनौती तथा फाइदाका बारेमा सचेतना फैलाउने उद्देश्य रहेको छ । मूलतः स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ । यसरी मनाउन लागिएको जल सप्ताह सहरी क्षेत्रका पानीजन्य समस्याहरू तथा नेपालको जलस्रोतको दिगो व्यवस्थापनको बारे चेतना जगाउने, सर्वसाधारण तथा स्कुल र कलेजका विद्यार्थीमा पानीको गुणस्तर र यससँग सम्बन्धित प्रसङ्गको बारेमा चेतना फैलाउने र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको छ ।

नेपालले सन् २००९ देखि मनाउँदै आएको यसवर्षको जल सप्ताहमा बढ्दो पानीको मात्रालाई सम्बोधन गर्न, सेवा पु¥याउन देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सचेतना फैलाउने कार्य गर्ने जल तथा ऊर्जा आयोगले जनाएको छ । यसरी सहरी क्षेत्रका पानीजन्य समस्या तथा जलस्रोतहरूको दिगो व्यवस्थापनका लागि सरोकारवालासँग अन्तक्र्रिया गर्ने, पानीको व्यवस्थापक, विद्यमान नीतिमा संशोधन तथा आवश्यक नीति निर्माणका लागि पहल गर्नेलगायतका कार्यक्रम छन् ।
जलवायु परिवर्तनको असरलाई न्यून गर्न, जल प्रदूषणलाई रोक्न र प्रदूषणले गर्दा खाद्य सुरक्षामा परेको असरबारे पनि सरोकारवाललाई सचेतना जगाउने कार्यक्रम वर्षभरि गर्नेतर्फ आयोगले सोचिरहेको बताइयो । कार्यक्रमअनुसार उपत्यकाभरका ढुङ्गेधाराको संरक्षण र संवद्र्धन गर्न समितिको गठन गरिने, काठमाडौँ उपत्यकाको भूमिगत पानीको स्रोतको अवस्था चुनौती तथा संरक्षणसम्बन्धी सम्मेलन आयोजना गरिने भएका छन् ।

पानी जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । पानी बिनाको जीवन कल्पना गर्न सकिँदैन । स्वच्छ र सुरक्षित खानेपानीको अभावमा बाँचेका नेपाली ग्रामीण जनतालाई खानेपानी तथा सरसफाइ सेवा पु-याउने पवित्र उद्देश्यसहित स्थापना भएको छ । अझै पनि करोडौँ जनता सुरक्षित पानीको अभावमा बाँच्न बाध्य छन् । जनतालाई यी सुविधा प्रदान गर्नमा समितिले स्थापनाकालदेखि हालसम्म सुरक्षित खानेपानीको क्षेत्रमा २१ दशमलव ४३ प्रतिशत र सरसफाइको क्षेत्रमा १८ दशमलव २१ प्रतिशत योगदान पु-याएको छ । अतःकाठमाडौँमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ ।

यही हिसाबमा घर बनिरहेमा आगामी ३५ वर्षभित्र काठमाडौँ महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाक्नेछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार, काठमाडौंँको क्षेत्रफल ३९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) छ । राजधानीको मुख्य सहर काठमाडौंँमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक खानेपानीको माग ४३ करोड लिटर छ । यसरी प्रत्येक वर्ष मागमा दस प्रतिशतका हिसाबले वृद्धि हुने अनुसन्धानले देखाएको छ । हाल दैनिक १० करोड लिटर मात्र आपूर्ति भइरहेको अनुमान छ । यहाँ वर्षायाममा १५ करोड लिटर भए तापनि हाल आएर १० करोड लिटर मात्र पानी आपूर्ति भएको छ । यसरी उपलब्ध गरिएको पानीमध्ये छ करोड लिटर सतह स्रोतबाट र चार करोड लिटर जमिन मुनिबाट निकालिएको छ । जसमा लगभग ४० प्रतिशत चुहावटबाटै खेर गई सवा दुई करोड लिटर जति मात्र पर्न आउंँछ ।

गत साउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । यसरी मेलम्ची पनि एक ठूलो राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना गत असार÷साउनतिर गएको पहिरोको कारण मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आउन रोकिएको थियो । यसरी सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार (बफर ड्याम) हेड वक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो हटाएर पानी सञ्चालन गर्ने तयारी भइरहेको छ । खानेपानी मन्त्रालयले उक्त लक्ष्यअनुरूप आयोजनालाई समय अगावै सम्पन्न गर्ने गरी कार्ययोजनासहित काम गरिरहेको छ । सहरी विकास मन्त्रालयको तथ्याङ्कअनुसार एक लाख ८० हजार निजी र एक हजार १९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् ।

यो कार्यका लागि केयूकेएलले ३५ वटा सतह स्रोत, ५९ वटा ट्युबवेलबाट पानी ल्याई २१ वटा खानेपानी प्रशोधन केन्द्रमार्फत हाल वितरण गर्दै आएको छ । सन् २०२२ सम्म उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर पुग्नेछ भने मेलम्चीसमेत गरी आपूर्ति भने हिउँदयाममा ३० करोड लिटर मात्रै हुनेछ । त्यसैले मेलम्चीअन्तर्गत दोस्रो चरणमा याङ्ग्री र तेस्रो चरणमा लार्केबाट दैनिक १७÷१७ करोड लिटर आएपछि मात्रै उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने सम्बन्धित क्षेत्रको दाबी रहेको बुझिन्छ । यसर्थ बढ्दो जनभारले गर्दा हराभरा भएका वनजङ्गलहरूको नास एकातिर हुँदैछ भने अर्कोतिर कृषियोग्य भूमिको ह्रास बढ्दै छ । विकसित देशहरूमा पनि पानीको दुरुपयोग एवं पाइपलाइनमा चुहावट नभएको होइन । जुन लगभग २० प्रतिशतदेखि ३० प्रतिशतसम्म भएको पाइन्छ तर नेपालमा यस किसिमको चुहावट ४० प्रतिशत हुने अनुमान छ । बद्लिदो आजको युगमा ४० देखि ६० प्रतिशतसम्म खानेपानी चुहावट र दुरुपयोग भइरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यी समस्याको समाधानका लागि वैकल्पिक उपायहरू
अपनाउनुपर्ने हुन्छ ।

यसबाट के कुराको पुष्टि हुन्छ भने वर्षात्को पानीलाई विभिन्न उपायबाट सङ्कलन गरेको खण्डमा हाम्रो दैनिक पानीको मागको आपूर्तिमा निकै ठूलो सहयोग मिल्दछ । यसका लागि सम्बन्धित निकायले बेलैमा विचार पु¥याएर कार्य गरेको खण्डमा अवश्य पनि हाम्रो देशका जनतालगायत उपत्यकाबासीको पानीको समस्याबाट मुक्त हुने कुरामा कसैको पनि दुईमत नहोला । यसलाई दृष्टिगत राखेर सम्बन्धित निकायले बेलैमा ठोस कदम चाल्नु ढिला भइसकेको छ । पानीको स्रोत संरक्षण र संवद्र्धनमा उचित ध्यान पु-याउन सकेको खण्डमा भोलिको पुस्तालाई स्वच्छ, स्वस्थ खानेपानी आपूर्ति हुने कुरामा आशा राख्न सकिन्छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?