एमाले महाधिवेशन उद्घाटनका लागि तयारी तीव्र
गोरखापत्र अनलाइन
मंसिर ४, २०७८ शनिबार
पर्यटकीय सहर चितवनमा मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको छ ।
महाधिवेशन उद्घाटनमा पाँच लाख कार्यकर्ता उतार्ने योजनासहित मञ्च व्यवस्थापन, सजावट, आवास, बन्दसत्र स्थलको बन्दोबस्ती कार्यमा पाँच सयभन्दा बढी कार्यकर्ता खटिरहेका छन् । महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमा गरिने छ, जसका लागि मञ्च निर्माणको काम धमाधम...