सर्वोच्चमा आज २० फैसला, १२१ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
गोरखापत्र अनलाइन
मंसिर २, २०७८ बिहीबार
सर्वोच्च अदालतमा आज पेशी तोकिएको २५९ मध्ये २० मुद्दामा फैसला भएको छ । बिहीबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले एउटा पूर्ण, एउटा एकल र सात वटा संयुक्त इजलास तोक्नुभएको थियो । आज नौ इजलामा २५९ मुद्दाको पेशी तोकिएको थियो । जसमध्ये २० मुद्दामा फैसला र एकमा आदेश जारी भएको सर्वोच्चले जनाएको छ ।