भारतले जनकपुरधामको विकासका लागि दिने घाेषणा गरेकाे एक सय करोड छिटै उपलब्ध गराउने
रासस
मंसिर २, २०७८ बिहीबार
भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु. एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ । धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु भएका उहाँले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको घोषणाबमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाउनुभएको...