विप्लव नेतृत्वका ११ कार्यकर्ता पक्राउ
गोरखापत्र अनलाइन
कार्तिक ३०, २०७८ मंगलवार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्द सफल बनाउन खटिएका ६ जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । पृथ्वी राजमार्ग लगायतका शाखा मार्गहरु बन्द गर्न खोज्न, पसल खोल्न नदिने गरेकाले उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक उमेशराज मैनालीले जानकारी दिनुभयो ।