सर्वोच्चमा सबै खालका मुद्दामा तोकियो पेसी
गोरखापत्र अनलाइन
कार्तिक २८, २०७८ आईतवार
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आज आफ्ना लागि भने कुनै इजालास पेसी तोक्नुभएको छैन । तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।