भारतले कोइला रोकेपछि इँटा उद्योग संकटमा
गोरखापत्र अनलाइन
चैत्र १०, २०७८ बिहीबार
युक्रेन रुस युद्वको कारण देखाउँदै भारतले रेल उपलब्ध गराउन नमानेपछि नेपालमा कोइला अभाव भएको छ। पछिल्लो १ हप्तादेखि नेपालमा कोइला आउन नसक्दा इँटा उद्योग संकटमा परेका हुन्।
अमेरिका र इन्डोनेसियाबाट जहाजमा कोइला आउने गरेको छ। तर, युक्रेन–रुस युद्वका कारण आउने जहाजको संख्यामा कटौतीपछि कोइला आउन सकेको छैन। संकटसँगै कोइलालाई भारत सरकारले हल्दिया बन्दरगाहमा रोकेर राखेपछि नेपालमा कोइला संकट चुलिएको हो। उता भारतले...