सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : मन्त्री बडू
गोरखापत्र अनलाइन
चैत्र ९, २०७८ बुधबार
कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
“नेपालमा सामुदायिक रेडियोहरु रुपान्तरणको अभियानमा प्रत्यक्ष जोडिएका छन्,”मन्त्री बडूले भन्नुभयो, “अब अन्य भूमिकासँगै तीनवटै तहको सरकारलाई जनताप्रति उत्तरदायी बनाउन तपाईहरुको भूमिका महत्वपूर्ण छ ।’’