भूमिगत पानीको अत्यधिक दोहन मानव सभ्यतामाथिकै चुनौती
रासस
चैत्र ८, २०७८ मंगलवार
भूमिगत पानीको अत्यधिक दोहन, पुनःभरणका समस्या, मुहान तथा तालतलैयाको संरक्षणको अभावमा मानव सभ्यतासँग जोडिएको पानीको उपलब्धतामा सङ्कट हुनसक्ने सम्भावनामा बढ्दै गएको छ ।
बढ्दो जनसङ्ख्या, सिँचाइ, कृषि उत्पादन, औद्योगिकीकरणलगायत कारण विश्वभर पानीको प्रयोगमा बढोत्तरी आएको छ । वैज्ञानिक खोज अनुसन्धानमा विश्व धेरै अगाडि बढिसक्दा हालसम्म पानीको कुनै विकल्प पत्ता लागेको छैन । सम्पूर्ण प्राणी र वनस्पति जगतको जीवनयापनको...