सिलाइ व्यवसायका लागि आवश्यक पर्ने सामानमा राज्यले विशेष छुट दिनुपर्छ : मन्त्री आले
रासस
चैत्र ८, २०७८ मंगलवार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताउनुभएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पेशा सबैको सम्मानित नै हुन्छ तर सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ ।” मन्त्री आलेले...