गेग्रयान हटाउने काम अन्तिम चरणमा, चैतको अन्तिमसम्ममा पथान्तरको तयारी
रासस
चैत्र ४, २०७८ शुक्रबार
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम अन्तिममा पुगेकाले यही चैतमै पथान्तरण गर्न सकिने सम्भावना बढेको हो ।